बैतडी एक नाबालिकमाथि करणी



काठमाडौँ, २२ असार।  बैतडीमा नाबालिक बलात्कार आरोपमा एक जना पक्राउ परेका छन् ।


पुर्चौडी नगरपालिका वडा नम्बर–५ कुवाकोट घर भएका राकेश कुँवर करणी आरोपमा पक्राउ परेका हुन् । कुँवरले पुर्चौडीकै नाबालिक किशोरीलाई जबर्जस्ती करणी गरेको जाहेरी परेपछि पक्राउ गरिएको बैतडी प्रहरीले जनाएको छ ।

अभियुक्त कुँवरलाई इलाका प्रहरी कार्यालय पाटनमा राखेर अनुसन्धान भइरहेको बैतडी  प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : असार २२, २०८० शुक्रबार  ५ : ३२ बजे