पाकिस्तानमा अर्का पत्रकारकाे पनि अपहरण



काठमाडौ, २५ असार । पाकिस्तानमा मास्क लगाएका बदमाशहरूले शनिबार राति थप एक पत्रकारलाई अपहरण गरेका छन् ।


द न्युज इन्टरनेशनलको रिपोर्ट अनुसार दैनिक जंगका वरिष्ठ रिपोर्टर सैयद मुहम्मद अस्कारीलाई कयुमाबाद केपीटी इन्टरचेन्ज नजिकै मुखौटा लगाएका र सादा लुगा लगाएका बदमाशहरूले अपहरण गरेका थिए।


अस्करीभन्दा अगाडि जियो न्यूजका पत्रकार जुबेर अन्जुम पनि अपहरणमा परेका छन् ।


प्रकाशित मिति : असार २५, २०८० सोमबार  १० : ५१ बजे