ललिता निवास जग्गा प्रकरणमा सहलेखापाल पौडेल पक्राउ



२७ असार, काठमाडौं । प्रहरीले ललिता निवास जग्गा प्रकरणमा समरजंग कम्पनीका तत्कालिन सहलेखापाल विनोद पौडेललाई पक्राउ गरेको हो ।

उनलाई काठमाडौंको चावहिल क्षेत्रबाट पक्राउ गरेको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) का एसएसपी दिनेश आचार्यले जानकारी दिए ।ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने अनियमितता प्रकरणमा हाल सीआईबीले सरकारी कागजात किर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ ।

ललिता निवासको १४३ रोपनी जग्गाको जग्गाधनी गृह मन्त्रालय मातहतको समरजंग कम्पनी थियो । तर दर्ता स्रेस्ता सच्याएर उक्त जग्गा विभिन्न गुठी र व्यक्तिको नाममा नामसारी गरेर अनियमितता गरेको प्रहरीको दाबी छ ।

प्रकाशित मिति : असार २७, २०८० बुधबार  ५ : २१ बजे