धनगढी उपमहानगरका दुई कर्मचारी निलम्बित



काठमाडौँ, २८ असार । धनगढी उपमहानगरपालिकाका दुई जना कर्मचारी निलम्बनमा परेका छन् । उपमहानगरपालिकाका प्राविधिक कर्मचारी निलम्बनमा परेको उपमहानगरले जनाएको छ ।


सरकारी बाटो कायम नगरेरै कित्ताकाटका लागि सिफारिस गरेको भेटिएपछि  ती कर्मचारी एक महिनाका लागि निलम्बनमा परेका हुन् । जग्गा व्यवसायीले सरकारी जग्गामा भएको बाटो देखाएर कित्ता काटका लागि सिफारिस लगेको पाइएको छ ।


फिल्डमा गएर अनुगमन गर्ने र नियमअनुसार काम गर्नुपर्नेमा सो नगरेको पाइएपछि दुबै जना कर्मचारीलाई निलम्बन गरिएको हो । कर्मचारीको नाम तथा पद भने उपमहानगरले गोप्य राखेको छ ।


प्रकाशित मिति : असार २८, २०८० बिहीबार  ५ : ५२ बजे