मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राप्रपा लुम्बिनी प्रदेशको सहसंयोजकमा प्रकाश रिमाल मनोनीत



काठमाडौं, २९ असार । राप्रपाको  लुम्बिनी प्रदेशको सह संयोजकमा सहमहामन्त्री प्रकाश रिमाललाई मनोनीत गरिएको छ ।

अध्यक्ष राजेन्द्र लिङ्देनले ‘नवीन राप्रपा–२०८०’ को कार्ययोजना कार्यान्वयनका लागि प्रदेश संयोजकको समन्वयमा रहि कार्यसम्पादन गर्न लुम्बिनी प्रदेशको सहसंयोजकमा सहमहामन्त्री प्रकाश रिमाललाई जिम्मेवारी तोकेको सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । 

यसअघि वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई प्रदेश संयोजकको जिम्मेवारी दिइएको छ । अध्यक्ष लिङ्देनले मंगलबार गठन भएको महिला विभागका पदाधिकारी र सदस्यलाई मनोनयन पत्र हस्तान्तरण गरेका छन् । 


प्रेस विज्ञप्ति 

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले ‘नवीन राप्रपा–२०८०’ को कार्ययोजना कार्यान्वयनका लागि प्रदेश संयोजकको समन्वयमा रहि कार्यसम्पादन गर्न लुम्बिनी प्रदेशको सह संयोजकमा सहमहामन्त्री प्रकाश रिमाललाई जिम्मेवारी तोक्नुभएको छ। अध्यक्ष लिङ्देनले यसअघि नै वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई प्रदेश संयोजकको जिम्मेवारी प्रदान गरिसक्नु भएको छ।


यसैगरी अध्यक्ष लिङ्देनले मंगलबार गठन भएको महिला विभागका पदाधिकारी, सदस्यलाई मनोनयन पत्र हस्तान्तरण गर्नुभएको छ। विभागको प्रमुखमा पार्टीका महामन्त्री कुन्ती कुमारी शाही, उप–प्रमुखमा पार्टीका कार्यसम्पादन समिति सदस्य रेखा थापा, सदस्य सचिबमा अधिवक्ता सवान्त थापा तथा सदस्यमा सरस्वती लामा, नानु लामा नगरकोटी, बबिता शाही, इन्दिरा शाही र रिता कुँवर रहनुभएको छ।



प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ११ : २८ बजे