अवैध सुनसहित एकजना पक्राउ



काठमाडौँ, , २९ असार । विराटनगर महानगरपालिका-१३ स्थित सडकबाट अवैध सुन ५१ ग्राम ७३ मिलिग्रामसहित भारत कलकत्ता बस्ने २९ वर्षीय सान्तनु मेहितीलाई  प्रहरीले पक्राउ गरेको छ । 

सिआरभी जतुवाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्री मेहितीलाई तलासी गर्ने क्रममा उनको साथबाट उक्त सुनसहित फेला पारी पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि बरामद सुन सहित राजस्व अनुसन्धान कार्यालय ईटहरी सुनसरीमा पठाइएको छ । 

प्रकाशित मिति : असार २९, २०८० शुक्रबार  १ : ५० बजे