जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ



काठमाडौँ, ३१ असार । निलकण्ठ नगरपालिका-३ बसपार्क नजिक बस्ने डङक बहादुर ढकालको घरमा जुवातास खेलिरहेको अवस्थामा ढकाल समेत ७ जनालाई  प्रहरीले पक्राउ गरेको छ । 

ढकालको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले उनीहरूलाई  नगद ५८ हजार ६ सय ७० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ । 

प्रकाशित मिति : असार ३१, २०८० आईतबार  १ : ५३ बजे