ट्रफि जितेर नेपाली महिला फुटबल टोली स्वदेश फर्किदै



काठमाडौँ, १ साउन ।  अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलमा बंगलादेशलाई पराजित गर्दै ट्रफि जितेर नेपाली महिला फुटबल टोली स्वदेश फर्किएको छ । बंगलादेशमा भएको दुई मैत्रिपूर्ण खेलमा जित हासिल गर्दै महिला टोली स्वदेश फर्किएको हो ।

टोलीलाई एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, एन्फा उपाध्यक्ष विराट जंग शाही , एन्फा महासचिव किरण राई लगायत अन्य एन्फा सदस्यलाई त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन् । 

पहिलो खेल एक एकको बराबरी गरेको नेपालले आइतबार भएको दोस्रो खेलमा नेपाल पेनाल्टी सूटआउटमा ४–२ गोल अन्तरले विजयी हुँदै ट्रफी नै जितेको हो । 

ढाकाको कमलपुरस्थित वीर श्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा भएको दोस्रो मैत्रीपूर्ण खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय सिधै टाई ब्रेकरबाट लिइएको हो।

टाई ब्रेकरमा नेपालकी सावित्रा भण्डारी, हिरा भुजेल, दिपा शाही, अनिता केसीको प्रहारले पोस्टको जाली चुम्यो। अञ्जना राना मगरको प्रहार बारमा लाग्दै बाहिरियो।

बङ्गलादेशकी साम सुनार र मोनिका चक्माको प्रहारले पोस्टको जाली चुम्दा मारिया मण्डा, सेइली अजिमको प्रहार गोलरक्षक अञ्जना राना मगरले बचाइन्।

प्रकाशित मिति : श्रावण १, २०८० सोमबार  ४ : ५६ बजे