मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इलामकाे महाभीर चटान बन्याे पुर्वकाे पहिलाे आरोहण रुट (फाेटाेफिचर)



काठमाडौ, २ साउन ।  इलाम नगरपालिका वडा नं ८ मा रहेको महाभीर चटानमा आरोहणको रुट तयार भएको छ ।

विश्व कीर्तिमानी सगरमाथा आरोही तथा इलाम नगरपालिकाकोे पर्यटन सदभाबना दूत कल्पना महर्जनको संयोजकत्वमा याे रुट तयार भएकाे हाे । साे रुट तयार पारी आरोही महर्जन काठमाडौं फर्किसकेकी छिन् । रुट बनाउनका लागि यसअघि उनी इलाम पुगेकी थिइन् । 

रुट फिक्सिगको काम लिड इन्टरनेशल माउन्टेन गाइड नरबहादुर अस्तानीको नेतृत्वमा थालिएको हो । नरबहादुरको साथमा सहयोगीहरु सुजन गुरुग, थोप्टेन लामा र सज्जन घले रहेका थिए । रुटको व्यवस्थापन क्लाम्विग पर्यटकीय क्षेत्र प्रवद्र्धन विकास समितिले इलाम नगरपालिका ८ महभीरको रहेको थियो । इलाम नगरपालिका र पर्यटन वोर्डको आर्थिक व्यस्थापनबाट रुट बनाएको थियो ।


विश्व कीर्तिमानी सगरमाथा आरोही एवं इलाम पर्यटन सदभावना दूत कल्पना महर्जनले महाभीरमा रहेको चटानमा ७ वटा विभिन्न ग्रेडको रुट बनाएको बताइन् । नेपालको पूर्वी क्षेत्रमा बनाइएको यो पहिलो माउण्टेन रुट रहेको बताइएको छ ।
 

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार  १० : १५ बजे