भलिबल टिमको कप्तानमा मानवहादुर श्रेष्ठ चयन



काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टिमको कप्तानमा मानवहादुर श्रेष्ठ चयन भएका छन् । सातौं एनभीए प्रधानमन्त्री कप भलिबल प्रतियोगितामा दर्शकसँग भिडेका तत्कालिन कप्तान हरिहजुर थापालाई कारबाही गर्दै भलिबल संघले कप्तानबाट हटाएको थियो । 

थापाको ठाउँमा नेपाली टोलीको भरपर्दा खेलाडी श्रेष्ठलाई कप्तानको जिम्मेवारी दिइएको छ । भलिबल संघको कार्यसमितिको बैठकले उनलाई कप्तानको जिम्मेवारी दिइएको हो ।

सन् २०१५ देखि नेपाली टिमका सदस्य रहँदै आएका मानबहादुर नेपालगञ्जमा भएको आठौं राष्ट्रिय खेलकुदमा नेखेलेकै कारण १० महिना टिम बाहिर भएका थिए । त्यसपछि टिममा निरन्तर खेल्दै आएका छन् । उनी त्रिभुवन आर्मी क्लबमा आवद्ध छन् ।  

एसियन गेम्समा उनको कप्तानीमा नेपालले प्रतियोगिता खेल्ने छ ।

प्रकाशित मिति : श्रावण २, २०८० मंगलबार  १२ : ४४ बजे