सामूहिक बलात्कार आरोपमा चारजना पक्राउ



सप्तरी, २ साउन । सप्तरीको कञ्चनरुप नगरपालिकाकी १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा चारजना पक्राउ परेका छन् । 


पीडितको जाहेरीपछि दिपेश सुवेदी, सुदीप भुजेल, मनोज विक र कैलाश भनिने टेकराज पोखरेललाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 


पक्राउ परेकाहरुले गत २९ असारको राति पुरानो घरमा लगेर सामूहिक बलात्कार गरेको आरोप छ । उनीहरूले घटना सार्वजनिक गरे ज्यान मार्ने धम्कीसमेत दिएका थिए । सोमबार  किशोरीले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा जाहेरी दिएकी थिइन् । 

प्रकाशित मिति : श्रावण २, २०८० मंगलबार  २ : ३९ बजे