काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको भाउ केही बढेको छ । राष्ट्र बैकले आज (बिहीबार)का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर जसअनुसार बेलायती पाउण्डको मूल्यभने केही घटेको जनाएको हो ।
बुधबार बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ ६९ पैसा र बिक्री दर १७२ रुपैयाँ ४८पैसा पुगेकोमा आज(बिहीबार) पाउण्डको खरिद दर १६९ रुपैयाँ ४९ पैसा रहेको छ । यस्तै विक्री दर १७० रुपैयाँ २७ पैसा छ । युरो एकको खरिद दर १४७ रुपैयाँ१० पैसा र बिक्री दर १४७ रुपैयाँ७८ पैसा रहेको छ ।
अमेरिकी डलरभने केही बढेर आएको छ ।बुधबार डलर एकको खरिद दर १३० रुपैयाँ ९६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५६ पैसा रहेकोमा आज खरिद दर १३१ रुपैयाँ ०६ पैसा र बिक्री दर १३१ रुपैयाँ ६६ पैसा पुगेको छ ।
कतारी रियाल एकको खरिद दर ३५ रुपैयाँ९७ पैसा र बिक्री दर ३६ रुपैयाँ १४पैसा रहेको छ ।क्यानडियन डलरमा एक डलर खरिदगर्दा ९९ रुपैयाँ४६ पैसा र बिक्री दर ९९ रुपैया ९१ पैसा निर्धारण गरिएको छ ।