काठमाडौं । जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसम आंशिक देखि सामान्य बदली रहने जनाएको छ । मौसम पूर्वानुमान महाशाखाको अनुसार शनिवार,बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा देशका बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ ।
हाल देशभर मौसम आंशिक देखि सामान्य बदली रहि गण्डकी, लुम्बिनी,सुदुरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।आज राती देशभर मौसम आंशिक देखि सामान्य बदली रहनेछ।
सबै प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरू तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेको पनि महाशाखाले उल्लेख गरेको छ ।