पर्याप्त बर्षा नहुँदा मध्य तराईका धेरै जिल्लामा रोपाई हुन सकेन



काठमाडौैं । अहिले देशभर मनसुन सक्रिय छ । तर पनि देशका धेरै भागमा पर्याप्त बर्षा नहुँदा रोपाई हुन सकेको छैन् । ठूलो र एकनाशको बर्षा नहुँदा पनि धान रोपाई अझै धेरै ठाउँमा हुन नसकेको हो ।

मध्य तराईका धेरै जिल्लाहरु पनि पर्याप्त बर्षा नहुँदा धान रोपाईले गति लिन सकेको छैन् । धनुषाको लक्ष्मीनिया गाउँपालिका – ३ वनिगामा पनि पर्याप्त बर्षा नहँुदा किसानहरु मारमा परेका छन् ।

वनिगामा यतिखेर धान रोपाई सकिसक्नु पर्ने हो तर पानीको अभावमा किसानहरुले रोपाईको मेसो अझै पाउन सकेको छैनन् । थोरबहुत परेको पानीको भरमा मुश्किलले रोपाई जारी राखेका किसानहरुले खेत आफै सम्याएर सामान्य रोपाई गर्दै आएका छन् ।

धानको व्याड अझै पनि खेतमा नै राखेर बर्षाको प्रतीक्षामा रहेका किसानहरु सिंचाईको व्यवस्था नहुँदा समस्या परेको गुनासो राख्छन् ।हरेक बर्ष आकाशे पानीमा भर पर्नु पर्दा धान उत्पादन पनि भने जस्को हुन नसकेको उनीहरुको दुखेसो छ ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  २ : १२ बजे