काठमाडौ , ११ साउन । ग्लोबल टी २० क्यानडामा नेपाली खेलाडी दीपेन्द्रसिंह ऐरी आवद्ध मोन्टिरिएल टाइगर्स पराजित भएको छ । यद्दपि यस खेलमा ऐरीले सर्वाधिक रन बनाए पनि टिमलाई जिताउन भने असफल रहे ।
जारी प्रतियोगितामा मोन्टिरिएलको यो पहिलो हार हो । मोन्टिरिएल ब्राम्पटन वल्भ्ससँग १५ रनले स्तब्ध बन्यो । मोन्टिरिएल दोस्रो तथा विजयी भएको वल्भ्स तालिकाको शीर्ष स्थानमा छ ।वल्भ्सले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरको १ बल बाँकी हुँदा सवै विकेट गुमाएर १४३ रन बनाएको थियो । जवाफमा मोन्टिरिएल सवै विकेट गुमाएर १९.१ ओभरमा १२८ रनमा रोकिन पुग्यो ।
वुल्भ्सका कोलिन डी ग्रान्डहोमले सर्वाधिक ५६ रनको अधर्शतकीय पारि खेलेका थिए । यसैगरी उस्मान खानले ३३ रन बनाउँदा मार्क च्यापम्यानले २१ रन जोडे । अरुले दोहोरो अंकमा रन बनाउँन नसक्दा ठूलो लक्ष्य भने दिन सकेन । मोन्टिरिएलका कार्लोस ब्रेथह्वाइटले ३.५ ओभरमा २१ रन खर्चिएर ४ विकेट हात पार्दा आयान अफजल खानले ४ ओभरमा २१ रन दिएर अर्को ४ विकेट लिए । यसैगरी साकिब अल हसन र अब्वास अफ्रिदीको नाउँमा एक एक विकेट रह्यो ।
नेपाली खेलाडी दीपेन्द्रले २ ओभर बलिङ गर्दा अलि महँगो सावित भए । उनले २० रन खर्चिए पनि विकेट लिन असफल रहेका थिएजवाफमा मोन्टिरिएको टिमको सुरुआत पनि राम्रो रहने । दुवै ओपनर सस्तैमा आउट भए । कप्तान क्रिस लिन ९ तथा मोहम्मद वसिम ६ रन बनाए पभेलियन फर्किए । यस्तै साकिव अल हसनले २८ रन बनाउँदा दिलप्रित सिंहले २४ रन बनाए । सेफ्रन रुथफोर्डले १० रन जोडेका थिए ।
छैटौं नम्बरमा क्रिजमा आएका दीपेन्द्रले २८ रन बनाएका थिए । उनले २४ बल फेस गर्दा २ चौका प्रहार गरे । उनी आठौं विकेटको रुप्मा १८.३ ओभरमा आउट हुँदा टिमले १२५ रन बनाएको थियो । त्यसपछि आयान अफजल खान २ तथा अब्बास अफ्रिदी १ रन बनएर रनआउट भएपछि ५ बल बाँकी हुँदै मोन्टिरिएल १२८ रनमा रोकिन पुग्यो ।