नेपाली चलचित्रमा काजी लिम्बुका आरोह–अवारोह



काठमांडौ । नेपाली चलचित्रका बहु आयमिक ब्यक्तित्व हुन काजी लिम्बु । चलचित्र, टेलिचलचित्र, बिज्ञापन, बृत्तचित्र, लघु चलचित्र जुनसुकै बिधामा अव्वल काजी लिम्बु निर्देशकका अलवा लेखक र सम्पादक समेत हुन । बहु प्रतिभाका धनी काजी लिम्बुको चलचित्र यात्रा राजाधानी काठमन्डौ प्रवेश गरेपछि सुरुवात भयो । गाँउमा पढ्दै गर्दा स्कुलमा वा बिभिन्न चाडपर्वमा स्थानीय कलाकारको खोजी गरी आफ्नै लेखन निर्देशनमा नाटक गर्ने गर्दथे उनको लेखन निर्देशकिय यात्रा त्यहीबाट सुरु भयो ।

झापा जिल्लाको तत्कालिन शरणामती गाँउ बिकास समिती – ८, हालको झापा गाँउ पालिका – ७ झाङाटोलीमा बिक्रम सम्बत २०३७ साल असोज १३ गते बिहीवारको दिन राज शम्सेर सेर्मा र हर्क माया सेर्माको तेश्रो सन्तानको रुपमा जन्मिएका उनी हाल चलचित्र कर्मसङ्गै आफ्नो स–परिवार काठमाण्डौको स्वयम्भुमा बसोबास गर्छन् ।

कामलाई कामकै रुपमा लिने उनले कहिले सानो ठुलो काम भनेनन् निरन्तर लागिरहे, कहिले चलचित्र ,कहिले टेलिचलचित्र कहिले बृतचित्र कहिले के कहिले के अझ पनि बेफुर्सिदा छन उनी, अहिले उनको सकृयता हेर्दा लाग्छ उनी कामकै लागि जन्मिएका हुन् । उनी कहिले सुटिङ्गमा भेटिन्छन् कहिले लेखिरहेका भेटिन्छन् त कहिले सम्पादन गरिरहेका भेटिन्छन् ।

मध्यम बर्गिय परिवारका सदस्य उनी सर्वप्रथम लाहुरे बन्न काडमांण्डौ आएका हुन । नेपाल आर्मीको सेकेन्ड लप्टन भिड्न काडमाण्डौ आएको उनको यात्रा लाहुरेको असफलता पश्चात चलचित्रतर्फ मोडियो शायद भाग्यले त्यसैतर्फ डोर्यायो उनलाई, गाँउमा गर्दै आएको नाट्यकर्मले उनलाई चलचित्र कर्मतर्फ आकर्षित ग¥यो र अझ सम्म उनी चलचित्र कर्ममै सक्रिय र सफल पनि छन् ।

नेपाली कथानक चलचित्र आफ्नो मान्छेबाट स्थल साहयकको रुपमा उनको चलचित्र यात्राको थालानी भयो । त्यस पछि प्रावधिक हुँदै सहायक निर्देशक, मुख्य सहायक निर्देशक हुँदै थुप्रै उतार चडाबको बावजुद टेलिचलचित्र एवम नेपाली चलचित्र निर्देशक सम्मको परिचय दिलायो । अजम्बरी माया,आफनोपन, गौथली, जंगेमा प्राविधिकको रुपमा काम गरिसके पश्चात उनले नौडाँडापारी, चित्कार, रमझम, समर्पण जेठोकान्छो,ग्रहण, अहंकार जस्ता नेपाली चलचित्रमा सहायक निर्देशक, मुख्य सहायक निर्देशकको रुपमा काम गरिसकेका छन् भने हिन्दी बाप र पाकिस्तानी चलचित्र सलाँखेमा समेत काम गरेको अनुभव उनीसँग छ ।

थुप्रैे,बिज्ञापन तथा बृतचित्र एवम म्युजिक भिडियोमा उनले महानायक राजेश हमाल देखी युवापुस्ताका स्टार पल शाह,केकी अधिकारी,पुष्प खडका, जेविका कार्की, गरिमा शर्मा जस्ता कलकारलाई कुशल निर्देशन् गर्न भ्याइसकेका छन् । चलचित्र लेखकको रुपमा पनि उत्तिकै सकृय काजी लिम्बु चलचित्र गोखेर्, घन्चक्कर, श्री कमल काले तथा लोकन्दीको कथा पटकथा एवम सम्वाद लेखक पनि हुन् ।

टेली श्रृंखलातर्फ उनको सर्वाधिक लोकप्रिय टेलिसिरियल हाउसफुल ९कान्तिपुर टिभी० का उनी लेखक र पछिल्लो समय निर्देशकका रुपमा समेत काम गरे त्यसै गरी एपी वानबाट प्रशारित् फनफनी पनि उनको प्रख्यात हाँस्य श्रृन्खला थियो यसका अलावा उनिले थुप्रै टेलिभिजन कार्यक्रम उत्पादन तथा निर्देशन गरेका छन् । नेपाल वानबाट प्रसारण हुने घुसपुराणका लेखक नेर्देशक,नेपाल टेलिभिजनबाट प्रसारण हुने नेपाली ताराको सहायक निर्देशक, इमेज च्यानलबाट प्रसराण हुने खेलौ दोहोरी, बागिनाका प्रोग्राम प्रोडुसर पनि हुन् । हालै शिखर नेपालले आयोजना गरेको राष्ट्रिय शिखर एग्रिकल्चर अवार्ड २०८० को टेक्निकल निर्देशक समेत् हुन् ।

कर्मप्रती बफादार काजी लिम्बु मानविय समवेदना भएका फिल्मकर्मी हुन । निर्माताको भावना र कलाकार्मीको चाहना अनुरुप आफ्नो काम निकाल्न सक्ने उनको बिशिष्ट खुबी छ । चलचित्रमा आवश्यक सबै बिषयको प्राविधिक ज्ञान भएका उनी चलचित्र क्षेत्रमा आयोजना हुने जुनसुकै कार्यकर्ममा खोजिने पात्र हुन । बिगत २ दशक देखी चलचित्र क्षेत्रको बिभिन्न विधामा कार्यरत काजी लिम्बु शिखर सम्मान २०८० तथा फस्ट गोल्डेन हर्स इन्टरनेशल अर्वाड २०२३ सम्मानित समेत भएका छन् ।

नेपाली चलचित्र ,टेलिचलचित्र, बृतचित्र, बिज्ञापन, लघुचलचित्र, टेलिभिजन कार्यक्रम, रियालिटी शो लगायत श्रव्य दृश्य क्षेत्रका जुनसुकै बिषयको बिज्ञ काजी लिम्बुको नेपाली चलचित्र क्षेत्रमा ठुलो योगदान रहेको छ । कोभिड माहामारी पछी सुस्ताएको चलचित्र क्षेत्रलाई पुन यथा अवस्थामा ल्याउन अनी प्रयसरत छन । हाल उनी आफ्नै लेखन निर्देशनमा चलचित्र निर्माणका तयारीमा जुटेका छन् ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  ३ : ३७ बजे