मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माओवादी केन्द्रीय समितिको आजको बैठक सुरू



काठमाडौँ , १८ साउन । माओवादी केन्द्रीय समितिको जारी बैठक दोस्रो दिन प्रज्ञाभवन कमलादीमा सुरू भएको छ । बुधबार बसेको बैठकमा अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक र सांगाठनिक प्रतिवेदनमाथि १८ जना सदस्यहरूले आ–आफ्ना धारणा राखेका थिए ।

आजको बैठकमा १५० जना सदस्यहरूले बोल्नका लागि नाम टिपाएको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । सदस्यहरूलाई बोल्नका लागि ५ मिनेटको समय उपलब्धय गराइएको छ ।बैठकमा अध्यक्षको प्रतिवेदनमा छलफल गर्नुको साथसाथै, समसामायिक राजनीति, विधान सम्मेलन, समाजवादी मोर्चा, कार्यदिशा, कार्यक्रम सम्बन्धमा सदस्यहरूले धारणा राख्नेक्रम जारी छ । बैठक प्रत्येक दिन बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म बस्ने सचिव उपाध्यायले बताए ।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहिबार  ११ : ४५ बजे