केही नीति गत सुधार गरेर नर्सिङ क्षेत्रमा देखिएका समस्याको सामना गर्छू : प्रधानमन्त्री दाहाल



काठमाडौं , २६ साउन । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले, केही नीति गत सुधार गरेर नर्सिङ क्षेत्रमा देखिएका समस्या को सामना गर्ने मैले आँफैले एउटा नयाँ संकल्प लिएको विश्वास पनि म दिलाउन चाहान्छु बताएका छन् । ’नेपाली नर्सहरुका समस्या समाधानका लागि आँफैले नयाँ संकल्प लिएको बताए ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित मन्त्री मोहन बहादुर बस्नेतले कार्यभार सम्हालेको १०० दिनका उपलब्धी सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले, नर्सिङ सेवामा देखिएका चुनौती समाधानका लागि आवश्यक पहल गर्ने बताए ।‘नर्सिङ सेवामा जे चुनौति अहिले देखिएको छ । यो हाम्रो लागि साच्चै अग्नी परीक्षा जस्तो मैले महसुस गरेको छ ।
उनले नेपाली नर्स विदेशिने बाध्यता न्यूनिकरणका लागि सक्दो प्रयास गर्ने बताए । उनले निति बनेका नीति कार्यान्वयनमा जटिलता र चुनौति सामनागरिहेको पनि बताए ।

प्रकाशित मिति : श्रावण २६, २०८० शुक्रबार  ४ : ०१ बजे