नेपाली क्रिकेट टिम एसिया कप क्रिकेट खेल्न पाकिस्तान पुगेको छ । गयराति प्रस्थान गरेको नेपाली टिम आज पाकिस्तानको राजधानी कराँची विमानस्थलमा अवतरण गरेको हो । त्यहाँ पुगेको नेपाली टोलीलाई पाकिस्तान क्रिकेट बोर्ड पीसीबीका अधिकारीले स्वागत गरेका थिए ।
कराँचीमा नेपाली टोलीले अभ्यास गर्ने छ । अगस्ट ३० तारिखदेखि सुरुहुने खेलमा नेपालले उद्घाटन खेलमा घरेलु टोली पाकिस्तानसँग मुल्तानमा खुल्ने छ । यसैगरी भारतसँगको खेलका लागि भने नेपाली टोली उतैबाट श्रीलंका जाने छ । श्रीलंकाको क्यान्डीमा नेपालले भारतसँग भदौ १८ मा खेल्ने छ ।
रोहितको कप्तानीमा रहेको टोलीमा कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख ९विकेटकिपर०, कुशल मल्ल, आरिफ शेख, गुलसन झा, करण केसी, किशोर महतो, श्याम ढकाल ९मौसम०, प्रतिश जिसी, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, सोमपाल कामी, अर्जुन साउद, भीम सार्की र सन्दीप जोरा छन् । सन्दीप लामिछाने भने अहिले पाकिस्तान गएका छैनन् ।














