गौरा पर्वलाई राष्ट्रिय पर्वका रुपमा मनाउँन आवश्यक छ : ज्ञानेन्द्र शाही



काठमाडौं , ७ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र बहादुर शाहीले गौरा पर्वलाई राष्ट्रिय पर्वका रुपमा मनाउन आवश्यक रहेको बताएका छन् ।


बिहीबार काठमाडौंमा आयोजित गौरा पर्व २०८० बिशेष कार्यक्रममा बोल्दै उनले देशको अवस्था र व्यवस्था फेरिएसँगै गौरा पर्वलाई पनि राष्ट्रिय पर्वका रुपमा मनाउँन आवश्यक बताए ।उनले भने, ‘अब अवस्था फेरिएको परिस्थती फेरीएको छ । पूर्व प्रधानमन्त्री यहीँ हुनुहुन्छ । यसलाई राष्ट्रिय विधाका रुपमा हामीले मनाउँनुपर्छ किनकी सबैका संस्कृति मान्दा हाम्रो संस्कृति किन नमान्ने ?।’उनले नेपाली भाषाको उत्गम स्थलको पर्व भएकाले यस पर्वमा राष्ट्रिय छुट्टीको माग गरे । उनले भने, ‘नेपाली भाषाको उद्गम स्थलको पर्व हो यो । नेपालभरी भाषा संस्कृति सिकाउनेको पर्व हो यो । त्यसैले हाम्रो पर्वमा राष्ट्रिय छुट्टी चाहिन्छ यो माग सबैले गर्न आवश्यक छ ।’

प्रकाशित मिति : भाद्र ७, २०८० बिहीबार  ४ : ५१ बजे