सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश पण्डितको इजलासमा



काठमाडौं , १० भदौ। क्रिकेटर सन्दीप लापिमछानेविरुद्धको मुद्दा काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको छ ।न्यायाधीश पण्डित रहेका इजलास नम्बर १५ मा लामिछानेको मुद्दा पेसीमा चढेको छ भने उनको मुद्दा पेसी सूचीको पाँचौँ नम्बरमा परेको छ ।

नाबालिग परिवर्तित नाम गौशाला २६ (छ)लाई जबरजस्ती करणीे अभियोगमा परेको लामिछानेविरुद्धको मुद्दामा यस अघि नै निरन्तर सुनुवाइ हुने भनिएको थियो । तर, लामिछानेले गौशाला २६ नाबालिग नभएको भन्दै ०६१ जेठको जन्मदर्ता कागज पेस गरेका थिए ।

त्यो कागजसँग उनकी आमाको उमेर पत्याउनै नसकिने देखिएको भन्दै आमाको उमेर एकीन गर्ने आर्देश न्यायाधीश राजुकुमार खतिवडाको इजलासले गरको थियो । तर, सन्दिपले पेस गरेको जन्मदर्ता कागज नै किर्ते भेटिएपछि सुनुवाइ प्रक्रिया अघि बढ्न लागेको हो ।अदालतको आदेशअनुसार सन्दीपले बयान दिने क्रममा किशोरीको जन्म दर्ता किताबको प्रतिलिपि आफूलाई कुनै शुभेच्छुकले दिएको र त्यसको आधिकारिकता थाहा नभएको तर मुद्दाका क्रममा महत्त्व राख्न सक्छ भनेर बुझाएको बयान दिएका थिए ।सन्दीपले भने आफूलाई खेल समर्थकले दिएको कागज बुझाएको भनेर किर्ते प्रकरणबाट जोगिने प्रयास गरेका छन् ।

प्रकाशित मिति : भाद्र १०, २०८० आईतबार  ११ : ४८ बजे