सरकारले राष्ट्रिय शिक्षा दिवसलाई निरन्तरता दिन्छ : शिक्षा मन्त्री राई



काठमाडौं , १० भदौ । शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले सरकारले राष्ट्रिय शिक्षा दिवसलाई निरन्तरता दिने बताएका छन् ।


आईतबार बसेको राष्ट्रिय शिक्षा दिवस समितिको बैठकमा उनले ४ वर्षदेखी अवरोध भएको दिवस असोज २ गते भव्य रुपमा मनाएर राष्ट्रिय शिक्षा दिवसलाई निरन्तरता दिने बताएका हुन् ।उनले भने, ‘राष्ट्रिय शिक्षा दिवस ४ वर्षदेखि अवरोध भएको अवस्था छ । त्यसको बाटो अब खुलेको छ । अब आउने असोज २ लाई विशेष उत्साहका साथमा मनाउनका निम्ति प्रयत्न गर्ने छौं । ’उनले शिक्षा दिवसलाई भव्यतापूर्वक मात्र नभई शिक्षालाई उपलब्धिमूलक र परिणाममुखी बनाउने प्रतिवद्धता जनाए ।

प्रकाशित मिति : भाद्र १०, २०८० आईतबार  २ : ३४ बजे