काठमाडौं , १० भदौ । पेस्तोल र गोली सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।आईतबार जिल्ला प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन मार्फत काठमाडौं महानगरपालिका ७ घर भएका २८ वर्षीय सुलभ भन्ने सुरज श्रेष्ठलाई पक्राउ गरेको हो ।
उनलाई शुक्रबार विशेष सूचनाको आधारमा बुढानिलकण्ठ ४ पासिकोटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनको साथबाट प्रहरीले मेड इन युएसए लेखिएको थान १ पेस्तोल नाईन एम एन को गोली ४ राउण्डसहित , मोवाईल एक थान र तराजु एक थान बरामद गरेको हो।