गौहत्या विरुद्ध माईतिघरमा विद्यार्थीहरूको प्रदर्शन



काठमाडौं , १२ भदौ । कानुनका विद्यार्थीहरूले राष्ट्रिय जनावर, गाई मार्नेलाई कारबाहीको माग राख्दै काठमाडौंमा प्रर्दशन गरेका छन् ।मंगलबार गाई मार्न पाईदैन, कानूनको पालना गरलगायतका नारासहित काठमाडौंको माईतिघरमा विरोध प्रर्दशन गरेका हुन् ।


उक्त प्रदर्शनमा सहभागि विद्यार्थी शुसान्त आचार्यले गाई मारेर खाने कार्य भईरहेको वेला सरकार टुलुटुलु हेरेर मात्र बसेको आरोप लगाए ।‘गाईको हत्या भएको सरकार हेरेरमात्र बसिरहेको छ । सरकारलाई कानून पढाउने हिसावले हामी यहाँ आएका हौं ।उनले गाई मार्नेलाई कानून बमोजिम कारबाही गर्नुपर्ने बताएका छन् । गाई जस्तो राष्ट्रिय जनावरलाई मारेर पाप गरेको त्यस्तो व्यक्तिलाई सरकारले केही नगरे आफुहरुले नछोड्ने उनिहरुको भनाई छ ।

प्रकाशित मिति : भाद्र १२, २०८० मंगलबार  २ : ५८ बजे