काठमाडौ , १३ भदौ । एसिया कपको नेपाल र पाकिस्तानबीच क्रिकेट हेर्न जनकपुरधाम उपमहानगरले शैक्षिक संस्थालाई आकस्मिक विदा दिएको छ ।
आज दिउँसो सवा ३ बजेबाट हुने खेल हेर्न विद्यार्थीलाई दिउँसो २ बजेदेखि जनकपुरधामका सामुदायिक तथा संस्थागत विद्यालयलाई विदा दिइएको हो ।जनकपुरधाम उपमहानगरपालीकाले एक विज्ञीती निकाल्दै गौरवशाली नेपाली क्रिकेट टोलीको हौसला बढाउनलाई विद्यालय विदा दिएको उल्लेख गरेको छ ।आज उपमहानगर अन्र्तगतका सबै संस्थागत सामुदायिक विद्यालय २ बजेपछि बन्द गरिएका छन् ।मुल्तान क्रिकेट स्टेडियममा नेपालले बुधबार दिउँसो सवा ३ बजे पाकिस्तानसँग एसिया कपमा पहिलो पटक प्रतिस्पर्धा गर्दैछ ।