काठमाडौं , १३ भदौ । एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपालले, चौथो विकेट लिएको छ ।नेपालका लागि सन्दीप लामिछानको बलिङमा कुशल भुर्तेलले अग्हा सलमानलाई क्याच आउट गराएका हुन् ।योसंगै पाकिस्तानले २८ ओभर दूई बलमा चार विकेट गुमाएर १ सय २८ रन जोडेको छ ।
मुल्तान स्टेडियममा भएको खेलमा नेपालका करण केसीले पहिलो विकेट लिएका थिए ।करणले व्यक्तिगत दोस्रो ओभर बलिङ गरिरहेका करणले दोस्रो ओभरको चौथो बलमा फाकर जमानलाई पेभिलियन पठाएका हुन् ।त्यस्तै अर्को विकेट पनि नेपालले रन आउटमार्फत लिएको हो ।ताजा अवस्थामा पाकिस्तानले २५ ओभरमा १६ रन बनाएको छ ।














