केन्द्रिय पुस्तकालय निर्माणले चाँडै गति लिन्छ : शिक्षामन्त्री राई



काठमाडौं , १५ भदौ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले, केन्द्रिय पुस्तकालय निर्माणले चाँडै गति लिने बताएका छन् ।
सोह्रौँ पुस्तकालय दिवसको अवसरमा काठमाडौंमा आयोजित, कार्यक्रममा मन्त्री राईले, सर्वोच्च अदालतले समेत पुस्तकालय निर्माणका लागि बाटो खोलिदिएको भन्दै अब चाँडै काम अघि बढाउने वचन दिए ।उनले भने ‘केन्द्रिय पुस्तकालय निर्माणका लागि आवश्यक केन्द्रिय पुस्तकालय निर्माणको काममा जे जे अवरोधहरु छन् बाधाहरु छन् वा हामीलाई दिइएका जिम्मेवारी छन् । प्रक्रियाहरु पुरा गर्नुपर्ने आदिइत्यादी त्यो पुरा गरेर, बाधाहरुलाई हटाएर । केन्द्रिय पुस्तकालय निर्माणको कामलाई निरापद, निष्कंटक, निर्वाध, अगाडि बढाउने संकल्प यहाँहरु समक्ष म प्रस्तुत गर्न चाहान्छु ।’


उनले पछिल्लो समय युवा पिढीमा पुस्तक पढ्ने संस्कार हराउँदै गएकोमा चिन्ता व्यक्त गरे ।उनले भने युग अनुकुल पुस्तकालयलाई परिमार्जित गर्दै लैजान सरकार तयार रहेको बताए ।कार्यक्रममा शिक्षा राज्यमन्त्री प्रमिला कुमारीले, नेपाली पुस्तकालयलाई प्रविधिमैत्री बनाइनु पर्ने बताइन् । त्यसका लागि डिजिटाईज र दक्ष जनशक्तिको व्यवस्था गर्न जरुरी रहेको उनको भनाई छ । त्यस्तै पूर्वमन्त्री गणेश शाहले, नेपाली पुस्तकालयलाई समय सापेक्ष बनाउन नसके पठन संस्कृतिमा समस्या हुनसक्ने तर्फ सचेत गराए ।

प्रकाशित मिति : भाद्र १५, २०८० शुक्रबार  ५ : ४० बजे