मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चार प्रदेशमा वर्षाको सम्भावना



काठमाडौं , १७ भदौ । जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुसार आज देशभर मौसम आंशिक देखि सामान्य बदली रही मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर रहेको छ । साथै बंगालको खाडीको उत्तर–पूर्वी भागमा विकसित न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेकोले हाल देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ ।
अहिले बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ ।


आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू साथै बाँकी भू–भागका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन्न÷ चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको विभागले उल्लेख गरेको छ ।आज राती देशभर आंशिक देखि सामान्य बदली रही कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान सँगै बाँकी भू–भागका एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको प्रक्षेपण विभागले गरेको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  ७ : ४८ बजे