क्रिकेट हेर्न जनकपुरका विद्यालय बन्द गरिने



काठमाडौं , १८ भदौ । नेपाल र भारतबीच हुने ऐतिहासिक खेल हेर्नका लागि जनकपुरधाम उपमहानगरपालिकाले आज विद्यालयमा बिदाको घोषणा गरेको छ ।


उपमहानगरपालिकाको शिक्षा तथा खेलकुद विकास शाखाले जारी गरेको सूचना अनुसार आज २ बजेपछि कुनै पनि कक्षा सञ्चालन नगर्न सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयलाई निर्देशन दिईएको छ ।‘जनकपुरधाम उप महानगरपालिका अन्तर्गत राम जानकी बहुउद्देश्य अन्तराष्ट्रिय रंगशाला निर्माण, विद्यार्थीहरूमा खेल भावना र एशिय कपमा नेपाल र भारत सँग हुने खेलमा नेपाल गौरवान्वित महशुश गरेकोले टिमको हौसला बढाउन कुनै पनि कक्षा सञ्चालक नगरी बिदा गरिदिनुहुन आदेशानुसार अनुरोध छ । ’आज एसिया कपमा भारत–नेपाल बिच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ः ४५ मा श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ ।

प्रकाशित मिति : भाद्र १८, २०८० सोमबार  ८ : २७ बजे