कोशी सरकारको रिटमाथि आजबाट पूर्ण इजलासमा सुनवाइ हुँदै



काठमाडौं , १९ भदौ । कोशी प्रदेश सरकारको भविष्यका बारेमा आजबाट सर्वोच्च अदालतमा पूर्ण इजलासमा सुनवाई हुँदैछ ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको संवैधानिक हैसियतका बारेमा आजबाट सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनवाई हुन लागेको हो ।


सोमबार समय अभावका कारण ‘हेर्दा हेर्दै’ मा राखिए पछि आजबाट सुनुवाइ हुने भएको हो ।गत आइतबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले उक्त रिटलाई पूर्ण इजलासमा पठाउने निर्णय गरे अनुसार सोमबारबाट पूर्ण इजलासमा सुनवाइ हुने भनिए पनि सोमबार हुन नसके पछि मंगलबारबाट हुन लागेको हो ।मुख्यमन्त्री थापाले बैठकको सभाध्यक्षसहितको मतसमेत जोडेर विश्वासको मत लिए पछि नेकपा एमालेले सो कार्य गैर संवैधानिक भन्दै सर्वोच्च अदालतले रिट दायर गरेको थियो ।

प्रकाशित मिति : भाद्र १९, २०८० मंगलबार  ७ : ३८ बजे