मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमाले लुम्बिनी प्रदेश अधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरु



काठमाडौं , १९ भदौ । नेकपा ९एमाले० लुम्बिनी प्रदेशमा नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । हिजो साँझ ८ बजेबाट मतदान हुने भनिए पनि हिजो मतपत्र छाप्न समय लागेपछि आज मात्रै मतदान सुरु भएको हो ।

लुम्बिनी एमालेमा प्रदेश अध्यक्षका लागि हरिप्रसाद रिजाल र राधकृष्ण कँडेल प्रतिष्पर्धामा छन् । लक्ष्मण आचार्य सचिवमा निर्विरोध भइसकेका छन् ।रुपन्देही, गुल्मी, दाङ, बाँकेबाहेक अन्य जिल्लाका सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् । निर्वाचन समितिका प्रमुख हरिप्रसाद भण्डारीका अनुसार पाँच पदाधिकारीका लागि १३ उमेदवार छन् । । २०५ जनाको लागि ३६४ जना प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  ९ : ३१ बजे