मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरमा पुजा अर्चना



काठमाडौं , २० भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले, श्रीकृष्ण जन्माष्टमीका अवसरमा पाटनस्थित कृष्ण मन्दिर पुगेर भगवान् श्रीकृष्णको पूजा एवं दर्शन गरेका छन् ।

बुधबार दिउसो मन्दीर पुगेका उनले, मन्दिरका पुजारीबाट फूल एवम् प्रसाद ग्रहण गरेका थिए । राष्ट्रपति पौडेललाई ललितपुर क्षेत्र नम्बर १ का सांसद उदयशम्सेर राणा, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन र महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले स्वागत गरेका थिए । प्रत्येक वर्ष भाद्र कृष्णाष्टमी अर्थात् आजका दिन राष्ट्राध्यक्षले पाटन कृष्ण मन्दिरमा पूजा एवं दर्शन गर्ने परम्परा रहिआएको छ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार  ५ : ४१ बजे