काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा थप एक जनालाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिव कुमार सराफ छन् ।
बारा घर भएका सराफलाई पक्राउ गरिएको ब्युरोका एक जना अधिकृतले बताए । उनलाई सुन ओसारपसारमा भूमिका खेलेको आरोपमा पक्राउ गरिएको हो । उनीसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या २७ पुगेको छ ।