६० किलो सुन तस्करी प्रकरण : भन्सार अधिकृतसहित थप तीन जना पक्राउ



काठमाडौं। ६० किलो सुन प्रकरणमा थप तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा एक भन्सार अधिकृत र दुई नायब सुब्बा छन् ।

पक्राउ पर्नेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत पुष्पा जोशी, नायब सुब्बाद्धय कमल परियार र वीरेन्द्र नेपाली रहेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले उनिहरुलाइ पक्राउ गरेर अनुसन्धान प्रक्रिया अघि बढाएको हो ।

यो सँगै सो प्रकरणमा पक्राउ पर्नेको संख्या ३० पुगेको छ।

प्रकाशित मिति : भाद्र २३, २०८० शनिबार  ४ : ४६ बजे