मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज यी चार प्रदेशमा मध्यम वर्षाको सम्भावना



काठमाडौ,२४ भदौ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली र बाँकी प्रदेशहरुमा आंशिक देखि सामान्य बदली रही बागमती,गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।


हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेको छ । नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ ।हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली भई केही स्थानहरुमा हल्का वर्षा भईरहेको छ र बाँकी प्रदेशहरुमा आंशिक देखी सामान्यतया मौसम बदली भई एक–दुई स्थानहरुमा हल्का वर्षा भईरहेको विभागले जनाएको छ ।आज दिउँसो सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली र बाँकी प्रदेशहरुमा आंशिक देखि सामान्य बदली रहनेछ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।साथै सुदूरपश्चिम प्रदेशको एक–दुई–स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले उल्लेख गरेको छ ।


आइतबार राती देशभरको मौसम आंशिक देखि सामान्य बदली रहनेछ । लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज राती लुम्बिनी र सुदूर–पश्चिम प्रदेशको एक–दुई–स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८०, आइतबार  ८ : ४९ बजे