वर्षाका कारण स्थगित भारत र पाकिस्तानबीचको खेल आज हुने



काठमाडौं, २५ भदौ । वर्षाका कारण स्थगित भएको एसिया कपको सुपर फोरमा भारत र पाकिस्तानबीचको खेल आज हुँदैछ ।
हिजो वर्षाको कारण खेल रोकिएको थियो । कोलोम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले हिजो २४ ओभर १ बलमा २ विकेटको क्षतिमा १ सय ४७ रन बनाएको थियो ।आज भारतले सोही अवस्थाबाट खेल सुरु गर्नेछ । वर्षा वाधक भएपछि भारत र पाकिस्तानबीचको खेल ‘रिजर्भ डे’ मा राखिएको थियो ।त्यसैले खेल हिजो जहाँ रोकिएको थियो त्यहिँबाट सुरु हुनेछ । आज पनि खेल हुन सकेन भने खेल रद्द भइ दुबै टोलीले एक–एक अंक बाँड्ने छन् ।

प्रकाशित मिति : भाद्र २५, २०८० सोमबार  ८ : १० बजे