काठमाडौं, २५ भदौ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भोलि म्यान्मारसँग खेल्ने भएको छ ।विश्वकप २०२६ पहिलो चरणको छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले दोस्रो मैत्रीपूर्ण खेलमा घरेलु टिम म्यानमारविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो ।सो प्रतिस्पर्धा थुवुना रंगशाला, याङगुनमा नेपाली समय अनुसार भोलि दिउँसो सवा ४ बजे सुरु हुनेछ ।गत शुक्रबार भएको पहिलो खेल गोलरहित अवस्थामा टुंगिएको थियो । उक्त खेलमा अधिकांश समय म्यानमारले पाहुना टोली नेपाललाई दबाबमा राखेको थियो ।
भाद्र २५, २०८० सोमबार
216
Shares











