मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तीनकुने गैह्रीगाउँ हत्याकाण्डको छानबिन गर्न पाँच सदस्यीय समिति गठन



काठमाडौं । काठमाडौंको तीनकुने गैह्रीगाउँ स्थिति एक स–मिलमा गए राति खुकुरी प्रहार गरी चार जनाको हत्या गरिएको छ । हत्या गरिएकामा एकै परिवारका तीन सहित चार जना छन् । हत्या गरिएकामा दोलखाको कालिञ्चोक गाउँपालिका–८ का करिब ५५ वर्षीय कुमार भुजेल, उनकी आमा ७० वर्षीय सुभद्रा भुजेल र श्रीमती अम्बिका भुजेल रहेका छन् । मोरङका १९ वर्षीय नवीन राईको पनि सोही स–मिल भित्र हत्या गरिएको छ ।

तीनकुनेको गैह्रीगाउँस्थित दिव्य स–मिलमा गए राति १२ बजेतिर उनीहरूको हत्या गरिएको हो । सो स–मिल नेकपा एमाले दोलखाका नेता बालकृष्ण सिवाकोटीको हो । स–मिलभित्र चार जनाको हत्या गरी एउटा कुनामा लास थुपारेको अवस्थामा फेला परेको छ ।

हत्या गरिएका भुजेल लामो समयदेखि परिवारसहित सोही स–मिलभित्रै बस्दै आएका थिए । हत्या गर्ने व्यक्तिको पहिचान हुन नसकेको काठमाडौं प्रहरीले जनाएको छ । घटनाको उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान सुरु गरेको छ ।

उत्त सामुहिक हत्याको छानबिन गर्न समिति गठन गरिएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयले तिनकुनेस्थित गैह्रीगाउँमा भएको सामूहिक हत्याकाण्डको अनुसन्धान गर्न ५ सदस्यीय अनुसन्धान समिति गठन गरिएको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्र सिंह राठौरको संयोजकत्वमा गठित उक्त समितिमा काठमाडौं परिसरका प्रहरी नायव उपरीक्षक हरि खतिवडा, उपत्यका प्रहरीका नायव उपरीक्षक सुवास खड्का, उपत्यका अपराध अनुसन्धानका नायव उपरीक्षक सुरक्षा केसी र प्रहरी वृत्त, नयाँ बानेश्वरका प्रहरी निरीक्षक वीरेन्द्र केसी रहेका छन्।

उक्त हत्याकाण्डको सम्बन्धमा अनुसन्धानका विविध विधि लगायतको अधिकतम प्रयोग गरी सुक्ष्म तवरले अनुसन्धान गरी यथाशिघ्र प्रतिवेदन पेश गर्न समितिलाइ रानीपोखरीले निर्देशन दिएको छ।

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार  ३ : ०३ बजे