मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आजको मौसम



काठमाडौं,३१ भदौ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहनुको साथै नेपालमा हाल भारतको पूर्वी मध्य प्रदेशमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।


जसको कारण हाल सुदूरपश्चिम, कर्णालीलगायतका बाँकी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा सामान्यतया सफा रहेको छ ।दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी तथा अन्य भू–भागका एक दुई स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ ।आज राति भने देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलगायत बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।देशका पहाडी भू–भागका केही स्थानहरू भने मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ७ : ३८ बजे