मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वर्षाका कारण एसिया कपको फाइनल प्रभावित



काठमाडौं, ३१ भदौ । एसिया कप–२०२३ को फाइनल खेल वर्षाका कारण प्रभावित बनेको छ । श्रीलंकाको कोलम्बोस्थित आर प्रेमादसा रंगशालामा हुने भारतविरुद्धको फाइनल खेलका लागि टस जितेर श्रीलंकाले ब्याटिङको निर्णय गरे पनि वर्षाका कारण खेल सुरु हुन भने सकेको छैन ।

भारतले समूह ‘ए’ को र श्रीलंका समूह ‘बी’ विजेताको रूपमा सुपर फोरको यात्रा तय गरेका थिए । सुपर फोरमा भारतलाई २१३ मा अल आउट गरे पनि श्रीलंका ४१ रनले पराजित भएको थियो ।घरेलु टिम श्रीलंका एसिया कपमा सबैभन्दा धेरै फाइनल खेल्ने टिम हो । श्रीलंकाले हालसम्म १२ पटक फाइनल खेलेको छ ।जसमध्ये ६ उपाधि जितेको श्रीलंका आज उपाधिसहित प्रतियोगिताको सबैभन्दा धेरै उपाधि जित्ने टिमको रूपमा भारतसँग बराबरी गर्न चाहन्छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ४ : ०३ बजे