मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तीनकुने हत्या प्रकरण : आरोपीले स्विकार गरे संलग्नता



काठमाडौं, ३१ भदौ । काठमाडौंको तीनकुनेस्थित् गैरीगाउँको सःमिलमा भएको चार जनाको सामूहिक हत्या प्रकरणमा पक्राउ परेका मुख्य आरोपीले आफूले नै उक्त घट्ना घटाएको स्विकार गरेका छन् । उनले घटनामा आफ्नो संलग्नता स्वीकार गरेको प्रहरीले दाबी गरेको छ ।आरोपितले नवीन राईसितको रिसिइबीले चारजनाको हत्या गरेको स्वीकार गरेका छन् ।

उनले मोरङका राईसहित दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेलको हत्या गरेको स्वीकारेका हुन्

ती मुख्य आरोपी बोल्न नसक्ने बताईएको छ । उनले कागजमा उक्त घट्नामा आफ्नो संलग्नताबारे स्विकार गरेको प्रहरी उच्च स्रोतको दाबी छ । मुख्य आरोपीले लेखेर ‘आइ किल्ड फोर पिपुल’ भनेको प्रहरीले जनाएको छ । मुख्य आरोपीको स्थायी घर मोरङ बताईएको छ ।

दोलखा घर भई काष्ठ मिलमा गार्ड काम गर्ने ५५ वर्षीय कुमार भुजेल, उनकी ५० वर्षीया श्रीमती अम्बिका भुजेल, कुमारकी ७६ वर्षीया आमा शुभद्रा भुजेल, र मोरङ बेलबारी घर भई उक्त मिलमा बस्दै आएका अन्दाजी २५ वर्षीया नविन राईको हत्या भएको हो। पोष्टमर्टमको लागि चारै वटा शव महाराजगन्ज टिचिङमा राखिएको छ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ६ : १० बजे