एसियन गेम्सका लागि नेपाली महिला फुटबल टोली चीन प्रस्थान



काठमाडौ, १ असोज । चीनको हान्झाउमा हुने १९ औं एसियन गेम्सका लागि नेपाली राष्ट्रिय महिला टोली त्यसतर्फ प्रस्थान गरेको छ ।महिलो टोलीको यो डेब्यु एसियन गेम्स रहेको छ ।२२ खेलाडी रहेको नेपाली टोलीको कप्तानी रेनुका नगरकोटीले गर्दा मुख्य प्रशिक्षकका रुपमा नेपालका सफल प्रशिक्षक बालगोपाल मर्हजन रहेका छन् ।

जापान र भियतनामसँगै दुई दक्षिण एसियाली मुलुक बंगालादेश र नेपाल समुह ुडीु मा रहेको छ । १९ औं एसियन गेम्स अन्तर्गत महिला फुटबल सेप्टेम्बर २१ बाट सुरु हुने छ । नेपालले पहिलो खेल २२ सेप्टेम्बरमा भियतनामसँग खेल्दैछ । त्यस्तै विश्व च्याम्पियन रहेको जापानसँग २५ सेप्टेम्बरमा खेल्नेछ । त्यस्तै दुई दक्षिण एसियाली मुलुक बंगालादेश र नेपाल २८ सेप्टेम्बरमा आमनेसामने हुनेछन् ।यसैबीच सन् २०१० मा चीनको गोन्जाउमा भएको १६औं एसियाडमा नेपालका लागि एक मात्र कास्य पदक जितेका बक्सिङका पूर्व खेलाडी तथा १९औं एसियाडमा नेपाली बक्सिङ टोलीका प्रशिक्षक समेत रहेको दीपक महर्जन पनि आजै चीन प्रस्थान गरेका छन् ।उनी एसियाडअघि टर्च र्‍यालीमा सहभागी हुन चाँडै गएका हुन् ।

प्रकाशित मिति : आश्विन १, २०८० सोमबार  २ : ०२ बजे