मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वल्र्ड मिट इन्टरनेशनल अवार्डका लागि नेपाली टोली थाईल्याण्ड प्रस्थान



काठमाडौं, १ असोज । सेप्टेम्बर २० र २१ तारिकमा हुने ‘थर्ड वल्र्ड मिट इन्टरनेशनल अवार्ड–२०२३’ भाग लिन नेपाली टोली थाईल्याण्ड प्रस्थान गरेको छ । सोमबार संवाद डबलीमा नेपाल सिन्दो काइकन कराते एसोसियसनले विदाई अघि पत्रकार सम्मेलन गरि विश्व च्याम्पियनसिप तथा सम्मान कार्यक्रममा भाग लिने जनाएको छ ।


वल्र्ड मार्शल आर्टीस्ट काउन्शीलले आयोजना गर्न लागेको सो प्रतिस्पर्धा तथा सम्मान कार्यक्रममा नेपाल सिन्दो काइकन कराते एसोसियसनले भाग लिने महासचिव जगत धामीले बताए ।धामीले आफूहरुले प्रतिस्र्धामा भाग लिनुका साथै नेपाली कला–संस्कृति र पहिचान झल्किने झाँकी तथा नेपालको राष्ट्रिय झण्डा फहराउने जानकारी दिए । थाईल्याण्डको सो कार्यक्रम सम्पन्न गरिसकेपछि मलेसियामा २४ तारिखमा हुन लागेको इन्टरनेशनल गोल्डेन अवार्ड कार्यक्रममा पनि सहभागी हुन लागेको महासचिव धामिले बताए ।


मलेसियामा हुने अवार्ड कार्यक्रममा युकेको द मिक्स मार्श अर्ट काउन्शीलले नेपाल सिन्दो काईकन एसोसियसनलाई अवार्ड प्रदान गर्ने पनि आयोजकले जानकारी दिएको छ ।सो एसोसियसनका अध्यक्ष सविन खड्काले खेल जगत देशको अभिन्न अंग भएकोले राज्यले त्यसलाई प्रोत्सहान दिनु पर्ने धारणा राखे । अध्यक्ष खड्काले खेलडीहरुले नेपालको राष्ट्रियता र पहिचानको लागि चाउचाउ मात्रै खाएर लडिरहँदा पनि सरकारले वास्ता नगरेको गुनासो गरे । खड्काले आफूहरुको सहभागिता देशका निम्ति भए पनि व्यक्तिगत लगानिमा बाहिर जानुपर्दा निकै दुःख लागेको बताए ।पत्रकार सम्मेलनमा उपाध्यक्ष द्वोय वीरबहादुर कडायत र यमुना प्रसाद काफ्लेले आफूहरुले पूर्ण हौशलाका साथ प्रतिस्पर्धामा सहभागि हुने र अको वर्ष ‘फोर्थ वल्र्ड मिट इन्टरनेशनल अवार्ड–२०२४’ नेपालमा आयोजना गर्न पहल गर्ने धारणा राखे ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  ३ : २६ बजे