मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाँच प्रदेशमा मध्यम वर्षाको सभावना



काठमाडौं, ३ असोज । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर मौसम आंशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।हाल लुम्बिनी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ भने बाँकी प्रदेशमा आंशिक बदली देखी सामान्यतया मौसम सफा रहेको विभागले जनाएको छ ।


हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ ।आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । साथै कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केही स्थानसहित बाँकी प्रदेशका थोरै स्थानमा समेत मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले उल्लेख गरेको छ ।यस्तै आज राती देशभर आंशिक देखि सामान्य बदली रही कोशी र गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको संभावना रहेको प्रक्षेपण विभागले गरेको छ ।यस्तै,बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशको एक–दुई स्थानमा समेत मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  ८ : ०६ बजे