काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको अध्यक्षमा चतुर बहादुर चन्द निर्विरोध निर्वाचित भएका छन्। शनिबार बानेश्वरस्थित एभरेष्ट होटलमा जारी चुनावी प्रक्रियामा अध्यक्षका प्रत्यासी विनयराज भण्डारीले उम्मेदवारी नै दर्ता नगरेपछि चन्द निर्विरोध भएका हुन्।
यसअघि उनले अध्यक्षमा उठ्ने घोषणा गरेका थिए।
त्यस्तै उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा चन्द प्यानलबाट पदम खड्का निर्विरोध भएका छन्। महिला सदस्यमा सुदूरपश्चिमकी जयन्ती भट्ट निर्विरोध निर्वाचित भएकी छन्। यसअघिको कार्यकालमा पनि जयन्ती निर्विरोध भएकी थिइन्।