क्यानको सचिवमा पारस खड्का निर्वाचित



नेपाल क्रिकेट संघ क्यानको सचिवमा पारस खड्का निर्वाचित भएका छन् ।

नयाँ वानेश्वरस्थित एभरेष्ट होटेलमा आज भएको मतदानमा पारसले ४३ मत कटाएका छन् ।

अहिले ७५ मत गणना सकिएको छ । शतप्रतिशत नै मतदान भएको चुनावमा ८५ जना मतदाता रहेका थिए ।

अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा पदम खड्का यसअघि नै पदाधिकारीतर्फ निर्विरोध निर्वाचित भएका थिए ।

प्रकाशित मिति : आश्विन ६, २०८० शनिबार  ५ : २२ बजे