मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चिकित्सक श्रेष्ठको अपहरणमा संलग्न तामाङ १३ वर्षपछि पक्राउ



नुवाकोट । बीपी मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनका तत्कालीन कार्यकारी निर्देशक डा भक्तमान श्रेष्ठको अपरहरणमा संलग्न नुवाकोटका सुब्बा तामाङ ९लुप्पा० १३ वर्षपछि आज पक्राउ परेका छन् ।

श्रेष्ठको अपहरणमा दोषी ठहरिएका नुवाकोटको विदुर नगरपलिका–१२ का ३९ वर्षका तामाङलाई घर नजिकै आफन्तको घरमा लुकिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काको अनुसार घटनापश्चात फरार रहेका उनलाई पक्राउ गरेर फैसला कार्यान्वयनको लागि चितवन जिल्ला अदालतमा बुझाइएको हो ।

‘अपहरण तथा शरीर बन्धक मुद्दा’ मा चितवन जिल्ला अदालतले उनलाई दोषी ठहर गर्दै १३ वर्ष कैद र रु एक लाख जरिवानाको फैसला सुनाएको थियो । उनलाई आजै अदालतले कारागार चलान गरेको छ । विसं २०६७ जेठ ४ मा डा श्रेष्ठको अपहरणमा संलग्न तामाङसहित छ जनालाई अदालतले विसं २०६९ जेठ २४ मा कैदसहित जरिवाना तोकेका थियो । चिकित्सक भक्तमान श्रेष्ठको अपहरण र त्यसपश्चात तीन किलो सुन फिरौती माग्न संलग्नमध्ये केही यसअघि नै पक्राउ परेका थिए भने केही अझै फरार रहेका छन् ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  ८ : २५ बजे