मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमालेको बागमती प्रदेश अधिवेशन चुनावी प्रकृया आजदेखि सुरु



काठमाडौँ,१० असोज । नेकपा एमालेको बागमती प्रदेश अधिवेशन को चुनावी प्रकृया आजदेखि सुरु हुँदै छ ।अधिवेशन अन्तर्गत आजका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको तालिका अनुसार निर्वाचन समितिले आज देखि निर्वाचन कार्यक्रम सुरु गर्नेछ ।


तालिकाअनुसार बिहान ९ बजे अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ भने ९ देखि ११ बजेसम्म उम्मेदवारी मनोनयन गरिनेछ । अपराह्न ४ बजे उम्मेदवारी फिर्ता लिने समय छुट्याएको निर्वाचन समितिले अपराह्न ५ बजे मात्रै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने छ ।विद्युतीय मतदानबाट नेतृत्व चयन गर्न लागेको बाग्मती एमालेले भोलि बिहान ११ बजेबाट पार्टी कार्यालय च्यासलमा मतदान हुने छ । अधिवेशनमा ११ सय ७४ मतदाता रहेका छन् ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  १० : ४३ बजे