मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यस्तो छ एमाले वाग्मती प्रदेशको परिवर्तित निर्वाचन कार्यतालिका



काठमाडौँ, १० असोज । नेकपा (एमाले) बागमती प्रदेश कमिटीको निर्वाचन कार्यतालिका पटक पटक परिवर्तन भएको छ ।सोमबारबाट जारी अधिवेशनअन्तर्गत पछिल्लो निर्वाचन कार्यतालिका अनुसार दिउँसो ३ बजे मनोनयन फारम वितरण गरिनेछ ।त्यस्तै अपराह्न ४ बजेदेखि ६ बजेसम्म मनोनयन दर्ता र साँझ ७ बजे मनोनयन प्रारम्भिक नामावली प्रकाशन हुनेछ ।

यसअघि ४ र ६ बजे हुँदै पछिल्लो कार्यतालिकामा राति ८ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने उल्लेख छ ।बिहीबार बिहानदेखि मतदान सुरु हुने अध्यक्ष मण्डलका सदस्य समेत रहेको एमाले नेता शेरबहादुर तामाङले जानकारी दिए ।मतदाता नामावली प्रारम्भिक नामावली प्रकाशन भइसकेको छ । जसमा एक हजार १६५ जनाको नाम निर्वाचन स्थल पार्टी केन्द्रीय कार्यालय च्यासलमा टाँसिएको छ ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ३ : १० बजे