काठमाडौं, असोज । पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि भएको कुटपिटको विरोधमा चिकित्सकहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
मंगलबार माइतीघर मण्डलमा सेतो कोट लगाएरै प्रदर्शनमा उत्रिएका चिकित्सकहरूले आक्रमणकारीलाई कडा कारबाही गर्नु पर्ने र आफूहरुको भौतिक सुरक्षाको माग गरेका छन् ।आन्दोलनमा सहभागी डाक्टर ढकालले, कानून अनुसार सहकर्मीमाथि हातपात गर्नेलाई कारबाही हुनुपर्ने आफूहरुको माग रहेको बताए ।






